Logo

पेट्रोलियम पदार्थको मूल्य बढ्यो



काठमाडौं, १७ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो ।

इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै निगमले पनि मूल्य बढाएको हो ।

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल १५९ रुपैयाँ र डिजेल तथा मट्टीतेल १ ४३ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ । हवाई इन्धन प्रतिलिटर आन्तरिकतर्फ ३ रुपैयाँ  र अन्तर्राष्ट्रियतर्फ काठमाडौंमा २२ अमेरिकी डलरले घटाइएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्