Logo

पोखरीमा डुबेर बालकको मृत्यु



झापा, २९ चैत । पोखरीमा डुबेर झापाको बाह्रदशीमा एक बालकको मृत्यु भएको छ ।

अर्जुनधारा नगरपालिका वडा न. ३ बस्ने लोकबहादुर तामाङका छोरा ९ वर्षीय कृष्ण तामाङको पोखरीमा डुबेर मृत्यु भएको हो । बालक तामाङलाई उनकी आमा सिया लामाले माइतीघर बाह्रदशी गाउँपालिका वडा न.२ किरात टोलका पदम लामाको घर लगेकी थिइन् । मावल घरदेखि ५० मिटरपूर्व पोखरीको डिलमा खेल्ने क्रममा आज दिउँसो ३ बजे पानीमा डुबेर ती बालक सिकिस्त भएका थिए ।

उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा दिउँसो ४ः५० मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्