काठमाडौं, १८ भदौ । ३५ वर्षपछि परिवार भेटेका प्रकाश तामाङ ‘काले’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्नुभएको छ । भोजपुरबाट नागरिकता पाएलगत्तै काठमाडौं आएका प्रकाशले सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीलाई भेट्नुभएको हो ।
भेटपछि प्रधानमन्त्री ओलीले नागरिकता बनेपछि प्रकाशलाई सहज हुने बताउनु भएको छ । ‘प्रकाश तामाङ नागरिकता बनाएर आज साँझ भेट्न आउनु भयो,’ उहाले सोमबार राति सामाजिक सञ्जालमा लेख्नुभएको छ । , ‘नागरिकता बनेपछि उहाँलाई अरु कुरामा पनि सहज हुन्छ। खुसी लाग्यो। शुभ रात्रि !’