Logo

प्रजातान्त्रिक ईन्जिनियर्स एशोसियसनको मधेश प्रदेश तदर्थ समिती गठन



जनकपुर, ९ भदौ ।  मधेश प्रदेशका ईन्जिनियरहरुको भेलाले राष्ट्रिय प्रजातन्त्र पार्टी निकट प्रजातान्त्रिक ईन्जिनियर्स एशोसियसनको तदर्थ समिती गठन गरेको छ ।

जनकपुरमा सम्पन्न भेलाले ई. रबि कान्त लालको संयोजक्तामा ३५ सदस्य मधेश प्रदेश तदर्थ समिति गठन गरेको हो ।

राप्रपाका धनुषा जिल्ला अध्यक्ष राम चन्द्र यादवको अध्यक्ष्ता एवं प्रजातान्त्रिक ईन्जिनियर्स एशोसियसनका केन्द्रिय अध्यक्ष अमित ढुंगानाको प्रमुख आथित्यतामा आयोजीत कायक्रममा जिल्ला नेता तथा कार्याकर्ताको सहभागीता रहेको पार्टीका केन्द्रिय सचिवालय सदस्य बसन्त रिमालले जानकारी दिनुभयो ।

प्रजातान्त्रिक ईन्जिनियर्स एशोसियसनको संगठन विस्तारको क्रममा मधेश प्रदेशमा समिति निर्माण गरीएको हो । यस अघि झापा सहित विभिन्न जिल्लामा एशोसियसनको तदर्थ समिती गठन भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्