काठमाडौं, १५ चैत । प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।
आज पनि सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुट्न नसक्दा संसद लगातार तेस्रो दिन पनि स्थगित भएको हो ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक एक बजे सूचना टाँसेर सवा एक बजेसम्म सारिएको थियो । त्यो समयसम्म पनि कुरा मिल्न नसकेपछि आइतबार बिहान ११ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो ।
विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने माग राख्दै आएको छ ।