Logo

प्रतिनिधि सभाको सचिवमा झापाका हर्कराज राई नियुक्त



झापा, १६ पुस ।  राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको सचिवमा हर्कराज राईलाई नियुक्त गर्नुभएको छ । सभामुखको सिफारिसमा राष्ट्रपति पौडेले नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम राईलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

सभामुख देवराज घिमिरेले आइतबार राईलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्तिका लागि राष्ट्रपति पौडेलसँग सिफारिस गर्नुभएको थियो । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो । झापाको शिवसताक्षी–२ निवासी राईले सार्वजनिक प्रशासनमा एमफिल, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्