काठमाडौँ, १३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा ८७ सदस्यीय टोली चीन भ्रमणमा जाने भएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण टोलीका सदस्यको टुंगो लगाएको हो ।
३९ जना सरकारी र ४८ जना निजी क्षेत्रका व्यक्ति प्रधानमन्त्री ओलीको चीन भ्रमणमा सहभागी हुने एक मन्त्रीले प्रशासनलाई जानकारी दिए ।
प्रधानमन्त्री ओली चार दिने औपचारिक भ्रमणका लागि यही मंसिर १७ गते चीनको राजधानी बेइजिङतर्फ जादैहुनुन्छ । जहाँ ओलीसँग मंसिर १८ मा त्यहाँस्थित राष्ट्रपति सी चिनफिङले भेटवार्ता गर्ने हुनुभएको छ ।
ओली चार दिने उत्तरी छिमेकीको यात्रा सकेर मंसिर २० गते स्वदेश फर्किने तालिका छ ।