काठमाडौं, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको ज्यान लिने धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिकाका खेलकुद प्रशिक्षक राजन लामा रहनु भएको छ । उहाँले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीसहित नेताहरूको ज्यान लिने धम्की दिनुभएको थियो ।
लामामाथि साइबर व्युरोमा मुद्दा दर्ता भएको छ । ओली प्रधानमन्त्री भएपछि सामाजिक सञ्जाल फेसबुकबाट १७ हजारलाई एक महिनामा मार्ने धम्कीपूर्ण स्टाटस लामाले लेख्नुभएको थियो ।
लामाले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको समर्थनमा प्रधानमन्त्रीसहित एमालेका नेताहरूलाई धम्की दिनु भएको हो ।