काठमाडौं, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गणतन्त्र पक्षधर दलहरूको सर्वदलीय बैठक बोलाउनु भएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज साझ ७ बजे सिंहदरबारमा बैठक बस्ने छ । राजावादीहरूले १५ गते गरेको हिंसात्मक प्रदर्शन र समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो ।
उक्त बैठकमा राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सहभागी नगराइने भएको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका नेताहरू सहभागी हुनेछन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार भएको राजावादीको उग्र र हिंसात्मक प्रदर्शनपछि गणतन्त्रवादीहरूलाई एकैठाउँ उभ्याउने कोसिसस्वरुप यो बैठक गर्न लागिएको हो ।