Logo

प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्री बर्माबीच भेटवार्ता



काठमाडौं, ३२ साउन । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा आउनुभएका अमेरिकी उपविदेशमन्त्री रिचार्ड आर बर्माबीच भेटवार्ता भएको छ ।

नेपाल ओर्लने बित्तिकै प्रधानमन्त्रीसँग भेटवार्ताका लागि बर्मा सिंहदरबार पुग्नु भएको थियो ।

उहाँहरूबीच आर्थिक विकास, महिला सशक्तिकरण, ऊर्जा क्षेत्रमा सहकार्य सम्भावना लगायत विषयमा छलफल भएको बताइएको छ ।

उहाँलाई अमेरकी राजदूत डिन थम्पनले स्वागत गर्नुभएको हो ।

आफ्नो नेपाल भ्रमणको क्रममा उहाँले नेपाल सरकारका नेतृत्वकर्ता, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीहरूसँग भेट गर्ने अमेरिकी दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्