Logo

प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता, सत्ता सहकार्यबारे के भयो छलफल ?



काठमाडौं, १४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो।

नेताहरूले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताउनुभएको पनि उनले जानकारी दिए। सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको सरकार चाँडै ढल्ने दाबी गर्नुभएको छ। उहाले कांग्रेस सभापति देउवाको नेतृत्वमा नयाँ सरकार बन्नेसमेत घोषणा गर्नुभएको थियो। तर, शनिबार राती भएको भेटवार्तामा दुवै दलका नेतृत्वहरुले गठबन्धन दायाँबायाँ नहुने विश्वास दिलाएका छन्।

प्रतिक्रिया दिनुहोस्