Logo

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबिच भेटवार्ता



काठमाडौं, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच शुक्रबार थाइल्याण्डको बैङककमा भेटवार्ता भएको छ ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उहाँहरुबिच भेटवार्ता भएको हो ।

नेपाल र भारतबीचको कूटनीतिक सम्बन्धमा चिसोपन आएको चर्चा भइरहेका बेला ओली र मोदीबीच भेटवार्ता भएको हो । विशेष गरी ओलीसँग भारतीय पक्ष असन्तुष्ट रहेको चर्चा हुने गर्छ ।

पछिल्लोपटक प्रधानमन्त्री भइसकेपछि ओलीलाई भारतले औपचारिक निमन्त्रणा दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्