काठमाडौं, ७ बैशाख । प्रहरीले ६ जना प्रहरी जवानका नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।
उनीहरूलाई मध्येबानेश्वरस्थित रत्नराज्य माविबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा दोलखा, जिरी नपा-९ घर भई बालाजु बस्ने अन्दाजी वर्ष २३ का मोहन सुनुवार, कालिकोट, शुभकालिका गापा- ७ घर भई लैनचौर बस्ने अन्दाजी वर्ष २४ का गोपाल शाही, सुर्खेत, वीरेन्द्रनगर न.पा वडा नं ५ घर भई हाल का.जि माछापोखरी बस्ने अ. वर्ष २२ को मनोज शर्मा, दैलेख, भैरवी गापा- ५ घर भई बानेश्वर बस्मे अन्दाजी वर्ष २२ का आकाश खड्का, सुर्खेत, वीरेन्द्रनगर नपा- ११ घर भई माछापोखरी बस्ने अन्दाजी वर्ष २० का उमेश शर्मा र जुम्ला, तिला गापा- २ घर भई बालाजु बस्ने अन्दाजी वर्ष २२ मा मीन रावल छन् ।
उनीहरूमाथि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।