काठमाण्डौ, ३ फागुन । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी ब्राइटनसँग पराजित भएको छ । गएराति भएको खेलमा ब्राइटनले चेल्सीलाई तीन गोलले हरायो । ब्राइटनले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गर्याे ।
अङ्कतालिकामा चेल्सी २५ खेलमा ४३ अङ्कसहित चौथो र ब्राइटन समान २५ खेलमा ३७ अङ्कसहित आठौं स्थानमा छ । लिभरपुल २४ खेलमा ५७ अङ्कसहित शीर्ष स्थानमा छ ।
आज लेस्टरसिटी र आर्सनल, वेस्टह्याम र ब्रेन्टफोर्ड, साउथह्याम्पटन र बर्नमाउथ, एस्टनभिल्ला र इपस्विच टाउन, म्यानचेस्टर सिटी र न्यूक्यासल, फुलहम र नटिङघम फरेस्ट तथा क्रिस्टल प्यालेस र एभर्टनबीच खेल हुनेछ ।