Logo

फिदिम भेट्रान्स गोल्डकपको उपाधि रेड स्टार झापालाई



पाँचथर, १२ माघ । पाँचथरको फिदिममा सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो फिदिम भेट्रान्स गोल्डकपको उपाधि रेड स्टार क्लब झापाले हात पारेको छ ।

शनिबार फिदिम मा.वि.को खेलमैदानमा सम्पन्न फाइनल खेलमा आयोजक फिदिम भेट्रान्स क्लबलाई २–४ गोल अन्तरले पराजित गर्दै रेड स्टारले उपाधि चुमेको हो ।

रेड स्टारका तर्फबाट खेमराज पोख्रेलले ३ र बुद्ध चेम्जोङले १ गोल गरे । यस्तै फिदिम भेट्रान्सको तर्फबाट अशोक लिम्बु र सुवास लिम्बुले १/१ गोल गरे ।

रेड स्टार झापाले गोरखा भेट्रान्स इलाम र बौद्ध भेट्रान्स पाँचथरलाई पराजित गर्दै फाइनल पुगेको थियो । यस्तै, भेट्रान्सले युनाइटेड फ्रेन्ड्स क्लब दार्जिलिङ र दुधे भेट्रान्स झापालाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । विजेता रेड स्टारले नगद १ लख ५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै उप विजेता फिदिम भेट्रान्सले नगद ५० हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता र उपबिजेतालाई प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्तोष मोक्तानले पुरस्कार वितरण गर्नुभयो ।

फिदिम भेट्रान्स क्लबले आयोजना गरेको प्रतियोगितामा नेपाल र भारतसहितका ८ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्