Logo

बन्दी सहायता नेपालको सामाजिक लेखा परिक्षण सार्वजनिक



झापा, १४ असोज । बन्दी सहायता नेपाल पुर्वान्चल शाखा अर्जुनधारा झापाले सामाजिक लेखा परिक्षण सार्वजनिक गरेको छ ।
बन्दी सहायता नेपाल पुर्वान्चल शाखा अर्जुनधारा झापाले आर्थिक बर्ष २०८०/०८१ को आय ब्यय सार्वजनिक गरेको हो । यस बर्ष विभिन्न दातृ सस्थाको अनुदान केन्द्रिय कार्यालय काठमाडौ मार्फत ८४ लाख ७९ हजार तीन सय बैसठ्ठी रुपैया झापा शाखाले प्राप्त गरेको हो । जस्मा ३१ जना बालबालिकाहरुको लागि खाद्यान्न, स्टेसनरी, स्वास्थ्य, विद्यालय पोशाक, दसैं कपडा, विद्यालय शुल्क, निर्माण तथा मर्मत, कृषि, जेल डे कियर, यातायात, बिजुली खानेपानी, ईन्टरनेट, भान्सा खर्च, कर्मचारी तलब, ज्यामी खर्च, छोरीका लागि शिक्षा कार्यक्रम , जुनकीरी आ बिका निजि शिक्षक तथा ९४ विद्यार्थीलाई स्टेसनरी ब्यवस्थापन खर्च लगायत शीर्षकमा खर्च भएको अध्यक्ष जगत बहादुर मगरले जानकारी दिनुभयो ।

कार्यक्रममा समाज कल्याण परिषद अनुगमन तथा मुल्यांकन टोलिका वरिष्ठ आर्थिक बिज्ञ एवम् श्रेष्ठ एण्ड न्यौपाने चाटर्ड एकाउन्ट कम्पनीका प्रोपाइटर प्रशिध्द न्यौपानेले हिसाब सगसगै त्यसबाट सम्बन्धित सेवाग्राहीले के कति सेवा लिए र सरोकारवाला र स्थानीय तहको जानकारीमा रहे नरेको जस्ता कुराहरु बारे उपस्थित जनप्रतिनिधि, सरोकारवाला र स्थानीय सामाजिक ब्याक्तित्व शिक्षा प्रेमी र बालबालिका सम्बन्धि सरोकारवालाहरुसग अन्तरक्रिया गराउनु भएको थियो ।

बन्दी जीवन बिताइ रहेका अभिभावकहरुसंंग आस्रित बालबालिकाहरु मध्ये पार्वती मडिले आफू ६ कक्षा सम्म पनि पढ्न पाउने आशा थिएन तर बन्दी सहायता नेपालको सहयोगमा १२ कक्षा अध्ययन गरी स्थानीय सहकारीमा काम गर्दै आएको वताउनुभयो ।

त्यसैगरि अभिभावक बद्री प्रसाइले श्रीमति कन्यानसर भई १० बर्ष अघि बिते पछी छोरी कसरी पढाउने खानैको धौधौ थियो तर मेरा लागि अभिभावक बनी बन्दी सहायताले १२ कक्षा पढाइ दिई रहेकोमा आभार व्यक्त गर्नुभयो ।

शिक्षासेवि हस्त परियारको प्रमुख आतिथ्यमा संचालित कार्यक्रममा महिला तथा बालबालिका जेष्ठ नागरिक शाखा प्रमुख सुर्यमाला पन्धाक, शान्ति गडतौला, जनप्रतिनिधि शुसिला गिरि, सीता परियार, महारानीगन्ज मा बि का प्रधानाध्यापक मनबहादुर लिम्बु, सामाजिक ब्याक्तित्व बोलप्रसाद कोइराला, सामाजिक अभियन्ता गणेश ढुंगाना लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा स्वागत उपाध्यक्ष अर्जुन थेबेले गर्नु भएको थियो भने सहजीकरण सचीव रन्जित परियारले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्