झापा, १० चैत । बर्देवा बन्धु समाजको सातो साधारणसभा तथा चौथो अधिवेशन घृतकौशिक भवन कोटीहोम कन्काइमा सम्पन्न भएको छ ।
बर्देवा बन्धुहरुको अधिवेशनले बर्देवा बन्धु समाज झापाको अध्यक्षमा राज कुमार बर्देवालाई पुनः सर्वसम्मतले चयन गरेको छ ।
त्यसै गरि उपाध्यक्षमा अशोक बर्देवालाई सर्वसम्मतले चयन गरेको छ । सचिवमा चन्द्र बर्देवा, सहसचिवमा रमेश बर्देवा र कोषध्यक्षमा कर्ण बर्देवा चयन हुनु भएको छ ।
सदस्यहरुमा केशव बर्देवा,डम्वर कुमारी बर्देवा,कल्पना श्रेष्ठ बर्देवा,दिपक बर्देवा लगायत सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक जयराम सन्दासले बताउनु भयो ।
अधिवेशनको बन्द सत्रमा अध्यक्ष राज कुमार बर्देवाले प्रगति प्रतिवेदन र कोषध्यक्ष कर्ण बर्देवा आर्थिक प्रतिवेदन प्रस्तुत सगै छलफलपछि पारित गरेको थियो ।
कार्यक्रममा बर्देवा बन्धुवाट निर्वाचित जनप्रतिनिधि,अक्षयकोषदाता र ज्येष्ठ आमा वुबालाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा जनप्रतिनिधि तर्फ कन्काई नगरपालिकाको कार्यपालिका सदस्य सावित्रा बर्देवा, गौरादह २ वडा सदस्य अम्विका लावर बर्देवा रहनु भएको छ । यसैगरी ज्येष्ठ नागरिक आमा ७३ वर्षीया धन कुमारी बर्देवा र वुवा ७८वर्षीय लक्ष्मण बर्देवा र अक्षयकोषदाताहरुमा राज कुमार बर्देवा,खर्गेन्द्र बर्देवा, डम्वर कुमार बर्देवा र डम्वर कुमारी वर्देवालाइ प्रमुख अतिथि बर्देवा बन्धु समाजका संस्थापक अध्यक्ष तेज बहादुर बर्देवाले सम्मान पत्रद्धारा सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा कार्कीढोली समाज मोरङ्ग अध्यक्ष पूर्ण कार्कीढोली र परियार समाज झापाका सचिव रन्जित परियार, सामाजिक ब्याक्तित्व जयराम सुन्दास लगायतले बर्देवा समाजका नव निर्वाचित पदाधिकारीलाई सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
अधिवेशन राजकुमार बर्देवाको अध्यक्षतामा संचालन भएको थियो भने स्वागत उपाध्यक्ष असोक बर्देवाले गर्नुभएको कार्यक्रम सहजीकरण सचिब चन्द्र बर्देवाले गर्नु भएको थियो ।