Logo

बालयौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ



स्याङ्जा, ११ माघ । विद्यालयको कोठामा बालयौन दुरुपयोग गरेको आरोपमा प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाणगङ्गा वडा नं – ५, कपिलवस्तु, लुम्बिनीका ३१ वर्षीय नरेश चौधरी रहेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।

गत पुस २६ गते किशोरीलाई विद्यालयको कोठामा करणी गर्ने मनसायले बालयौन दुरुपयोग गरेको हुँदा क्षतिपूर्ति समेत दिलाई भराई पाउँ भन्ने जाहेरीका आधारमा चौधरीलाई माघ १० गते चितवनबाट पक्राउ गरिएको डीएसपी पौडेलले बताउनुभयो ।

टयुसन पठाउन बोलाई कक्षा कोठामा बालयौन दुरुपयोग गरेको आरोप चौधरीलाई लगाइएको छ ।

पक्राउ परेका चौधरीमाथि बालयौन दुरुपयोगसम्बन्धी मुद्दामा स्याङ्जा अदालतबाट म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्