Logo

बिर्तमोडका प्रसाईको क्यानडामा ह्रदयघातका कारण निधन



झापा, १३ वैशाख । झापा बिर्तमोडका किरण प्रसाईको क्यानडामा निधन भएको छ । विर्तामोड-१ राम चोक निवासी ३७ वर्षिय प्रसाईको स्थानीय समय अनुसार बिहीवार (हिजो) राती निधन भएको हो ।

क्यानडाको टोरन्टो शहरमा बस्दै आएका प्रसाई सुतेकै अवस्थामा शुक्रवार बिहान मृत भेटिएका थिए । बिहीबार सामान्य अबस्थामै सुतेका प्रसाई बिहान मृत भेटिएको उनका साथीलाई उल्लेख गर्दै पारिवारीक श्रोतले जानकारी दिएको छ । बिगत सात वर्ष देखि क्यानडा बस्दै आएका प्रसाइको ह्रदयघातका कारण निधन भएको अनुमान गरीएको छ ।

बुबा विष्णुु र आमा मुना उप्रेती प्रसाईको एक्लो सन्तानका रुपमा रहेका प्रसाई क्यानडा जानुु अघि दुुबईमा राजगारी गर्दै आएका थिए । उनको श्रीमती र पाँच बर्षिय छोरा समेत क्यानडामा बस्दै आएका थिए । विगत केही वर्ष देखि श्रीमतीसंग मनमुटाव भएपछी मृतक प्रसाई साथीहरुसंग छुट्टै बस्दै आएका थिए ।

छोराको अल्पायुमै दुखद निधन भए पछी शोकमा रहेकी आमा मुनाले किरणको शव नेपाल सम्म ल्याईदिने कार्यमा सहयोग पुर्याईदिन क्यानडामा रहेका नेपाली समुदायलाई अपिल गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्