झापा, २४ भदौ । झापाको बिर्तामोडस्थित अलस्का अटोमोवाइल्स प्रा।लि।मा टाटाको पन्च इभी सार्वजनिक गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, सिप्रदी ट्रेडिङ प्रा।लि।का महाप्रवन्धक सावन्तजंघ सिजापति, अलस्का अटोमोवाइल्सका प्रवन्ध निर्देशक प्रकाश शिवाकोटी लगायतले पञ्च इभी सार्वजनिक गनुभएको हो ।
सार्वजनिक गरिएको पञ्च इभी सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको बताइएको छ । सिप्रदी ट्रेडिङका जनरल मेनेजर मेघराज ढुङ्गेलले बहुप्रतीक्षित पन्च इभी उत्कृष्ट एक्ट इभी प्योर प्लेटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त रहेको दाबी गर्नुभयो।
सिप्रदी ट्रेडिङका महाप्रवन्धक सिजापतिले पञ्च इभीले नेपाली ग्राहकको मन जित्नेमा आफू विश्वस्त रहेको बताउँदै अत्याधुनिक प्रविधियुक्त कम्प्याक्ट एसयुभी पञ्च इभीले ग्राहकलाई वातावरणमैत्री, आरामदायी र सुरक्षित यात्राको अनुभूति गराउने जनाकारी दिनुभयो ।
कार्यक्रममा पञ्च इभी खरिद गर्ने विर्तामोडमा जीवन सापकोटा, विजय खतिवडा, युवराज काफ्ले लगायतलाई चावी हस्तान्तरण गरिएको थियो ।