झापा ,२६ भदौ । झापाको बिर्तामोड नगरपालिकाले नीति, बजेट तथा कार्यक्रम पुस्तिका सार्वजनिक गरेको छ ।
नगरपालिकामा बुधवार आयोजीत एक कार्यक्रमका बीच आर्थिक बर्ष २०८१/०८२ को नीति, बजेट तथा कार्यक्रम पुस्तिका सार्वजनिक गरीएको हो ।
कार्यक्रममा नगर प्रमुख पवित्रा महतरा प्रसाई, उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला र प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले संयुक्त रुपमा कार्यक्रम पुस्तिका सार्वजनिक गर्नुभयो ।
नगरले यसअघि नै आर्थिक बर्ष २०८१/०८२ का लागि नगरका सवै क्षेत्रलाई समेटेर एक अर्व, ३९ करोड ९६ लाख ९१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । नगरको शिक्षा, स्वास्थ्य, बाटो, कृषि, भौतिक संरचनालगायतका क्षेत्रलगायतलाई समेटेर उक्त बजेट सार्वजनिक गरेको थियो ।
नगर प्रमुख प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा उप–प्रमुख संग्रौलाले स्वागत र सञ्चालन नगरका शाखा अधिकृत मेघराज बास्तोलाले गर्नुभएको थियो ।






