Logo

बिहेको तयारीमा रहेकी युवती मृत फेला



बुटवल, १ जेठ । रुपन्देहीको गैडहवा गाउँपालिकामा एक किशोरी मृत फेला परेकी छन् । गैडहवा गाउँपालिका वडानम्बर १ साँडिकाकी १९ वर्षीया सवनाम निशा मृत फेला परेकी हुन् ।

बिहेको तयारीमा रहेको निशा सोमबारदेखि हराएकी थिइन् । बुधबार बिहान उनको शव खेतको कुलोमा फेला परेको थियो ।

स्थानीयले उनको हत्या भएको हुनसक्ने आंशका गरेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रमुख एसपी हृदय थापाले मुख सुनिएको अवस्था भेटिएको बताए । ‘घटना केही शंस्कास्पद छ, मुख निकै फुलिएको छ, हामीले गम्भीर रुपमा अुनसन्धान गरेका छौँ’ एसपी थापाले बताए ।

निशाको घर परिवारले बिहे गर्नेबारे केटापक्षसँग कुरा भइरहेको जनाएको छ । मृतकको पोष्टमार्टमका लागि काठमाडौँ टिचिङ्ग अस्पताल पठाएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक युवालाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्