Logo

बैंकिङले बढायो सेयर बजार, कारोबार घट्यो



 काठमाडौं, ६ असोज। आइतबार बैंकिङ समूहको उच्च वृद्धिले सेयर बजार दोहोरो अंकमा बढेको छ । यस दिन नेप्से परिसूचक ११।५८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २५८८ मा कायम भएको छ । बजार बढ्दा कारोबार रकम केही खुम्चिएको छ । अघिल्लो दिन ५ अर्ब ६६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ९ करोडमा खुम्चियो ।बजार खुलेपछि आक्रामक बढ्ने संकेत देखिए पनि निरन्तरता दिन सकेन । बजार खुलेको पाँच मिनेटमै नेप्से २६४२ अंकसम्म पुगेको थियो, जुन इन्ट्राडे कारोबारकै अधिक अंक रह्यो । दिउँसो २:२७ बजे २५७० अंकसम्म झरेको थियो । त्यसपछि बजार केही सम्हालियो ।१३८ कम्पनीको मूल्य बढ्दा ९४ को घट्यो भने १२ को स्थिर रह्यो । बैंकिङ सबैभन्दा धेरै १।०१ प्रतिशत बढ्यो । बजार पूँजीकरणका आधारमा यो समूह सबैभन्दा शक्तिशाली रहेकाले यसले समग्र परिसूचकलाई बढी प्रभाव पार्दछ ।विकास बैंक ०।६६, हाइड्रोपावर ०।३१, लगानी ०।६२, जीवन बीमा ०।२४, निर्जीवन बीमा ०।४७, अन्य ०।४१ र व्यापार ०।०७ प्रतिशत बढे । माइक्रोफाइनान्स ०।१८, उत्पादन ०।१९, होटल तथा पर्यटन ०।६१ र फाइनान्स समूह ०।१७ प्रतिशत घटे ।इस्टर्न हाइड्रोपावर तथा अपर स्याङ्गे हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सयपत्रि हाइड्रोपावरको ८।३, स्टान्डर्ड चार्टड बैंकको ३।९७, मध्यभोटेकोशीको ३।८ प्रतिशत मूल्य बढ्यो । रावा इनर्जीको मूल्य ८।६ प्रतिशत घट्यो । स्वरोजगार लघुवित्तको ७।४ तथा साहस ऊर्जाको ४।२ प्रतिशत मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, एनएलजी इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस्