Logo

बोलेरो दुर्घटना हुँदा दुईको मृत्यु, १२ जना घाइते



रामेछाप, २८ चैत । रामेछापमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बिहीबार अपराह्न भएको दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् ।

मन्थली नगरपालिका–३ को ऐरमबास देवी थान मन्दिरबाट फर्किँदै गरेको बा १६ च ६४७६ नम्बरको बोलेरो वडा नं २ र ३ को सिमाना ठाँटीमा दुर्घटना हुँदा मन्थली नगरपालिका–२ का वर्ष ६२ का कृष्णनारायण श्रेष्ठ र अन्दाजी वर्ष ११ की भूमिका श्रेष्ठको मृत्यु भएको मन्थली नगरपालिका–२ वडा अध्यक्ष सुरेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

घाइते सबैलाई उद्धार गरी सदरमुकाम मन्थलीस्थित मन्थली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । बोलेरो चिप्लिएर सडकबाट तल खसेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्