Logo

भाटभटेनी लुट्ने कांग्रेस नेताको छोरालाई गृहमन्त्रीले छुटाए: लिङ्देन



काठमाडौं, १२ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ गते राजावादीको प्रदर्शनको क्रकमा भाटभटेनी सुपरमार्केट लुट्न कांग्रेसकै नेताका छोरा पनि संलग्न भएको आरोप लगाउनुभएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै लिङ्देनले पक्राउ परेका व्यक्ति कांग्रेस सहमहामन्त्रीका छोरा भएको र उनलाई दुई घण्टाभित्रै छोडिएको आरोप लगाउनुभएको हो।

लिङ्देनले गृहमन्त्री रमेश लेखकलाई सम्बोधन गर्दै भन्नुभयो, भाटभटेनीको लुटपाटमा सत्तारुढको तपाईंकै पार्टीको सहमहमन्त्रीको छोरो रहेछ। किन छोड्नु भयो तुरुन्तैरुु उनले कांग्रेस नेताको छोराले रक्सी बोकेको र उनीसँग आएका साथीले कपडा लिएर गएको समेत दाबी गर्नुभयो

उहाले कुन नेता र उनका छोरा को भन्नेबारे खुलाउनुभयो।

तपाईं (गृहमन्त्री लेखक)का नेताको छोराले रक्सी लिएर गयो उसले ल्याएको मान्छेले रक्सी खाँदिन कपडा काम लाग्छ भनेर लग्यो, उहाले भन्नुभयो, पक्राउ गर्‍यो तर पछि नेताको छोरो रहेछ। दुई घण्टाभित्रै छोड्नु भयो। यो कुरा सार्वजनिक गर्न जरुरी छ।

तीनुकुने घटनामा संलग्न ८६ जनालाई प्रहरीट्ठले पक्राउ गरेर हिरातमा राखेर अनुसन्धान गरिरहेको छ। २१ जना छुटिसकेका छन्। उनीहरूलाई थुना बाहिरै रोखर अनसन्धान गरिरहेको जिल्ला परिसर काठमाडौँले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्