Logo

भारतबाट लागूऔषध भित्र्याउन खोज्ने दुईजना मेची पुलमा पक्राउ



झापा, ६ भदौ । भारतबाट लागूऔषध भित्र्याउन खोज्ने दुईजना मेची पुलमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका-२ बस्ने खुमराज भण्डारी र दमक नगरपालिका-११ बस्ने  निलजंग बस्नेत रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बुधवार साँझ मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेची पुलमा भारतबाट सिटी सफारीमा नेपालतर्फ आउँदै गरेका बस्नेतलाई शङ्का लागेर चेकजाँच गरेको थियो । त्यस क्रममा उनको साथबाट ३ ग्राम २३० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

त्यस्तै हिजो साँझ सवा ६ बजे सोही मेची पुलमै प्लास्टिकसहित ५ ग्राम ८१० मिलिग्राम ब्राउन सुगरसहित भण्डारी पक्राउ परेका छन् । मुखभित्र लुकाई छिपाई ब्राउन सुगर ल्याउँदै गर्दा उनी पक्राउ परेका हुन् । दुवैलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्