काठमाडौं, ११ जेठ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आह्वान गरिएको छ ।
बैठक भोलि (सोमबार) बिहान ९ः०० बजे आह्वान गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । बैठक देउवा निवास बुढानीलकण्ठमा बस्नेछ ।
पौडेलका अनुसार क्रियाशील सदस्यताका विषयमा छलफल गर्नका लागि सभापति शेर बहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाउनुभएको हो ।
यसका साथै पदाधिककारी बैठकमा समसायिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ ।
पछिल्लो समय भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेपछि गृहमन्त्रीको सचिवालय पनि मुछिएको भन्दै मन्त्रीको समेत राजीनामा मागिएको छ ।
यसबारेमा पनि छलफल हुने बताइएको छ ।