Logo

भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुग्यो



काठमाडौं, २३ पुस । चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

मंगलबार बिहान गएको भूकम्पमा परी ३६ जनाको मृत्यु भएको चिनियाँ समाचार संस्था सीजीटीएनले जनाएको छ ।

नेपाल–चीन सीमाना तिब्बतको दिंगे काउन्टीमा केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

काठमाडौं उपत्यकालगायत आसपासका जिल्ला तथा तराई मधेशका भू-भागमा पनि भूकम्पको धक्का महसुस भएको थियो ।

प्रतिक्रिया दिनुहोस्