काठमाडौं, २९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भ्रष्टाचारका सम्बन्धमा पाँच वर्षे हदम्याद राख्ने प्रस्तावको विपक्षमा उभिने निर्णय गरेको छ ।
आज बसेको संसदीय दलको बैठकले हदम्यादको विपक्षमा उभिने निर्णय गरेको हो । ‘त्यो कुनै हालतमा स्वीकार्य हुँदैन । भ्रष्टाचारको मुद्दामा कुनैपनि बेला मुद्दा चल्न सक्छ ।
विगतमा गरेका भ्रष्टाचारबाट उन्मुक्ति पाउने दलहरूको प्रयास देखिन्छ । यसमा रास्वपालाई स्वीकार्य छैन र यसबारेमा पनि सदनमा उठाउने छौँ’, प्रमुख सचेतक सन्तोष परियारले भन्नुभयो ।
उहाले विद्युत प्राधिकरणको बक्यौतामा रकम उठाउनुपर्ने पनि बताउनुभयो।
उहाले भन्नुभयो, ‘यो कुरालाई पनि जोडतोडले उठाउँछौं। बक्यौताको बिषयमा अरु जे भएपनि राज्यले उठाउनुपर्ने बक्यौता उठाउनुपर्छ।’
बैठकले प्रस्तावित जलन सम्बन्धी गैरसरकारी विधेयक अघि बढाउने निर्णय पनि गरेको छ ।