Logo

मन्त्रिपरिषद् बैठक जारी



काठमाडौं, १७ वैशाख । आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ता सकिएर मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

बुधबार अपरान्हदेखि सुरु भएको वार्ता साँझ सकिएर वार्तामा भएका सहमतिलाई अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बसिरहेको हो।

तर वार्तामा के-के विषयमा सहमति भयो भन्ने विषय खुलाइएको छैन।

शिक्षा मन्त्रालय र शिक्षकबीच सहमति

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षकहरुबीचको वार्तामा सहमति जुटेको छ । शिक्षा मन्त्रालयमा भएको सहमतिमा हस्ताक्षर भने भइसकेको छैन ।

मन्त्रिपरिषद् बैठकले शिक्षकहरूका केही माग सम्बोधन गरेपछि सम्झौता हुने र औपचारिक पत्रकार सम्मेलन गरेर जानकारी दिइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्