Logo

मर्स्याङ्दी नदीमा बस दुर्घटना : १८ जनाको शव भेटियो (अपडेट)



काठमाडौं, ७ भदौ । कास्कीको पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय पर्यटक सवार भारतीय बस मर्स्याङ्दी नदीमा खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

उद्वार टोलीले १८ जनाको शव फेला पारेको हो । पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको युपीएफटी ७६२३ नम्बरको बस ऐना पहरास्थित सडकबाट नदीमा खसेको थियो ।

उद्वार टोलीले १६ जनाको जीवितै उद्वार गरेको हो । बसमा कम्तीमा ४१ जना सवार रहेका बताइएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्वार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्