Logo

महिला क्रिकेट टोली भारतमा अभ्यासका लागि जाँदै



काठमाडौं, १३ वैशाख । नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्वकप छनोटअघिको अन्तिम तयारीका लागि भारत जाने भएको छ ।

अप्रिल महिनाका लागि तय भएको भुटान टुर नहुने भएपछि नेपाली टोलीले भारतमा गएर अभ्यास भने गर्ने भएको छ । सम्भवत: नेपाली टोली आजै भारत जाँदै छ ।

भारतको दिल्लीमा हुने अभ्यास खेलको तालिका तथा अन्य जानकारी क्यानले आधिकारिक रूपमा आजै सार्वजनिक गर्ने जनाएको छ ।

नेपाल क्रिकेट संघ क्यानको वार्षिक क्यालेण्डरमा समावेश भए बमोजिम अप्रिलमा नेपाल टुर अफ भुटान उल्लेख थियो जसका लागि क्यानले भुटानको बोर्डसँग कुराकानी समेत गरिरहेको जनाएको थियो । तर भुटानमा हुने शृंखलामा थप अन्य स्तरीय टिम सहभागी नभएकाले टुर नहुने भएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्