Logo

माओवादीले माग्यो गृहमन्त्री लेखकको राजीनामा



काठमाडौं, १२ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।

आज बसेको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा जोडिएका मन्त्री लेखकको राजीनामा माग गरेको हो ।

‘गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ । ताकि त्यो पहुँच, प्रभाव, प्रयोग हुन नपाओस्,’ बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भन्नुभयो, ‘स्वतन्त्र, निष्पक्ष छानबिनका लागि उहाँले मार्ग प्रशस्त गर्नुपर्छ भन्ने हाम्रो पार्टीले निष्कर्ष निकालेको छ ।’

प्रतिक्रिया दिनुहोस्