झापा, ९ चैत । झापाको मेचीनगर-१४ मा सञ्चालित बैभव भेनियरमा आगलागी हुँदा लाखौंको भेनियरबाट उत्पादित सामग्री जलेर नष्ट भएको छ ।
शनिबार बिहान ११।२५ बजे भेनियरमा कार्यरत कामदार बस्ने क्वाटरबाट विद्युत सर्ट भइ आगो सल्किएको थियो ।
आगलागीबाट उद्योगबाट उत्पादन गरेर गोदाममा राखिएको भेनियर सामग्रीसहित गोदाम र क्वाटर पुर्ण रुपमा जलेर नष्ट भएको छ भने मुख्य उद्योग भने जोगिएको उद्योग सञ्चालक प्रदिप मित्तलले जानकारी दिनुभयो ।
उहाका अनुसार सो उद्योगबाट उत्पादित भेनियर सामग्री निर्यात हुन नसक्दा गोदाममा थन्क्याएको थियो । आगलागीबाट क्षतिको बिवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।
आगो नियन्त्रणका लागि मेचीनगरका २ वटा, बिर्तामोड नगरपालिकाको एउटा र भद्र्पुर नागरपालिकाको एउटा गरी ४ वटा दमकलले आगिलो निभाउने प्रयास गरेको छ ।