Logo

मोरङमा आगलागीबाट २ बालबालिकाको मृत्यु, ८ घर जले



काठमाडौँ, ५ चैत्र । मोरङको धनपालथान गाउँपालिका- ६ कदमा गाउँमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको छ ।

मृतक बालबालिकाको परिचय खुलेको छैन । आगोले हालसम्म ८ घर जलिसकेको छ । चर्को घाम लागेको र हावा चलेका कारण आगो निभाउन समस्या भएको मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

अहिले प्रहरी, स्थानीय र दमकलको सहायतामा आगो नियन्त्रण प्रयास भइरहेको छ । आगलागीको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरीले जनायो ।

प्रतिक्रिया दिनुहोस्