मोरङ, २३ फागुन । नेकपा एमाले मोरङको दशौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीसहितले धक्का व्यहोरेका छन् ।
शुक्रबार साँझ सार्वजनिक मतपरिणामअनुसार अध्यक्ष ओली पक्षीय प्यानललाई कोशी प्रदेश अध्यक्षमा पराजित नेता विनोद ढकाल पक्षले नराम्ररी पराजित गरेको छ। यो अधिवेशनमा ८ सय ८८ मत झरेको थियो।
ढकाल पक्षको प्यानलबाट चुनावी मैदानमा उत्रिएका पाँचैजना पदाधिकारीले जित निकालेका छन्।
निर्वाचन समितिले यसको औपचारिक घोषणा गर्न बाँकी छ । परिणामअनुसार ढकाल पक्षका अध्यक्षका उम्मेदवार अजम्बर राईले ४४६ मतसहित जित निकालेका छन् ।
अध्यक्ष ओली, महासचिव पोखरेल, स्थायी कमिटी सदस्यहरू शेरधन राई र हिक्मत कार्कीकोसमेत साथ पाएका संस्थापन पक्षीय राजकुमार ओझाले ४०७ मत ल्याएका छन् ।
उपाध्यक्षमा ढकाल पक्षकै प्यानलबाट सागर थापाले ४२२ मतसहित बाजी मारेका छन् । उता संस्थापनकी शान्तिकुमारी लिम्बूले ३९१ मत ल्याइन् ।
सचिवमा पनि ढकाल पक्षको प्यानलका सोमराज थापाले ४६२ मतसहित जित निकाले । संस्थापनका रविन थापाले ३६८ मतसहित हार ब्यहोरे ।
उपसचिवमा पनि ढकाल पक्षीय प्यानलका सन्तोष बान्तवाले ४९० ल्याएर बाजी मारे । संस्थापन पक्षका इर्जालाल राजवंशीले ३११ मतसहित पराजित भए । उता महिला सचिवमा पनि ढकाल समूहकी उषा झाले ४१८ मतसहित विजयी भइन् । संस्थापनकी शिल्पा कार्कीले ४०५ मतसहित हार भोगिन् ।
अध्यक्ष
अजम्बर राई : ४४६ विनोद ढकाल समूह
राजकुमार ओझा : ४०७ केपी ओली समूह
उपाध्यक्ष
सागर थापा : ४२२ विनोद ढकाल समूह
शान्ति लिम्बू भुजेल : ३९१ केपी ओली समूह
सचिव
सोमराज थापा : ४६२ विनोद ढकाल समूह
रविन थापा : ३६८ केपी ओली समूह
उपसचिव
सन्तोष वान्तवा : ४९० विनोद ढकाल समूह
इर्जालाल राजवशीं : ३११ केपी ओली समूह
उपसचिव महिला
उषा झा : ४१८ विनोद ढकाल समूह
शिल्पा कार्की : ४०५ केपी ओली समूह