काठमाडौं, २९ साउन । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंककाअनुसार मंगलबार अमेरिकी डलर, बेलायती पाउण्ड र युरोको विदेशी विनिमय दर बढेको छ । कतारी रियालको खरिददर स्थिर हुँदा बिक्रीदर बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा पुगेको छ ।
त्यस्तै, युरो एकको खरिददर १४६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा रहेको छ ।
त्यसैगरी, बेलायती पाउण्ड एकको खरिददर १७१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८६ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।