Logo

यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर



काठमाडौँ, २२ फागुन । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको विनियमदर घटेको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड सहितका मुद्राको मूल्य भने बढेको छ।

अमेरिकी डलरको मूल्य विगत तीन दिनदेखि लगातार घट्दै आएको छ। युरो र पाउन्डको मूल्य भने विगत तीन दिनदेखि लगातार बढिरहेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ४४ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ९३ पैसा थियो।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १ सय ४८ रुपैयाँ २९ पैसा र बिक्रीदर १ सय ४८ रुपैयाँ ९३ पैसा कायम भएको छ। हिजो युरोपियन युरो १ को खरिददर १ सय ४६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १ सय ४७ रुपैयाँ १८ पैसा थियो।

यस्तै आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७८ रुपैयाँ ११ पैसा र बिक्रीदर १ सय ७८ रुपैयाँ ८८ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७७ रुपैयाँ १९ पैसा र बिक्रीदर १ सय ७७ रुपैयाँ ९५ पैसा थियो।

त्यसैगरि आज अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ १८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५६ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ११ पैसा थियो।

आज कुबेती दिनार १ को खरिददर ४ सय ४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४ सय ५१ रुपैयाँ ९१ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४ सय ५१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४ सय ५३ रुपैयाँ ४२ पैसा थियो।

त्यसैगरि बहराइन दिनार १ को खरिददर ३ सय ६८ रुपैयाँ ३० पैसा र बिक्रीदर ३ सय ६९ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ३ सय ६९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३ सय ७१ रुपैयाँ २७ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

प्रतिक्रिया दिनुहोस्