काठमाडौँ, १९ फागुन । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर, बहराइन दिनारसहितका विदेशी मुद्राको विनियमदर यथावत छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने घटेको छ। यी मुद्राको विनियमदर विगत तीन दिनदेखि घट्दै आएको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ ७० पैसा र बिक्रीदर १ सय ४० रुपैयाँ ३० पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको कारोबार यही मूल्यमा भएको थियो।
गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।
राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १ सय ४४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ५८ पैसा कायम भएको छ। हिजो युरोपियन युरो १ को खरिददर १ सय ४५ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ८६ पैसा थियो।
यस्तै आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय ७६ रुपैयाँ ४८ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय ७६ रुपैयाँ ६० पैसा थियो।
त्यसैगरि आज अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ११ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८७ रुपैयाँ २० पैसा थियो।
आज कुबेती दिनार १ को खरिददर ४ सय ५२ रुपैयाँ १३ पैसा र बिक्रीदर ४ सय ५४ रुपैयाँ ०७ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४ सय ५२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४ सय ५४ रुपैयाँ ३० पैसा थियो।
त्यसैगरि बहराइन दिनार १ को खरिददर ३ सय ७० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३ सय ७२ रुपैयाँ २५ पैसा निर्धारण भएको छ। हिजो पनि बहराइन दिनारको कारोबार दर यही थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर: