Logo

यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमय दर



काठमाडौं, १५ वैशाख । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, युरोसहितका विदेशी मुद्राको मूल्य स्थिर छ। तर, अस्ट्रेलियन डलर, पाउन्डसहितका मुद्रा भने महँगिएका छन्। कुबेती र बहराइन दिनारसहितका केही मुद्राको मूल्य भने घटेको छ।

आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको कारोबार यही मूल्यमा भएको थियो।

गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरो १ को खरिददर १५५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा छ। युरो हिजो पनि यही मूल्यमा कारोबार भएको थियो।

त्यस्तै आज पाउन्ड १ को खरिददर १८१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४६ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १८१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४४ पैसा थियो।

त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ २६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४५ पैसा थियो।

त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ९० पैसा र बिक्रीदर ४४६ रुपैयाँ ८६ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ८९ पैसा थियो।

आज बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ४७ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ५४ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर

प्रतिक्रिया दिनुहोस्