Logo

यो वर्षको दशैंमा नयाँ नोट नसाटिने



काठमाडौं, १८ भदौ । यो वर्षको दशैंमा नयाँ नोट नसाटिने भएको छ ।

नेपाल राष्ट्र बैंकले यो पटक नोट नसाट्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा। डिल्लीराम पोखरेलले यो वर्ष नयाँ नोट नसाटिने जानकारी दिनुभएको हो ।

नयाँ नोटको सट्टामा पुरानै सुकिला नोट भने दिइने उहाँले बताउनुभयो ।

राष्ट्र बैंकले यो वर्षको दशैंतिहारका लागि पनि ५, १० २०, ५० र १०० का सुकिला नोट सटही गर्नेछ । बैंकले प्रत्येक वर्ष प्रतिव्यक्ति १८ हजार ५०० नोट सटही गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्