काठमाण्डौ, २६ माघ । यो हप्ता सुनको भाउ तोलामा पाँच हजार तीन सय रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन आइतवार एक लाख ६२ हजार आठ सय रुपैयाँ कारोबार भएको सुनको भाउ बढेर हप्ताको अन्तिम दिन हिजो शुक्रवार एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हप्ताभरीमा सबैभन्दा धेरै अस्ति बिहिवार सुनको भाउ एक लाख ६८ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।
त्यस्तै चाँदीको भाउ पनि यस हप्ता ७५ रुपैयाँले बढेको छ । गएको आइतवार प्रतितोला एक हजार नौ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ हिजो शुक्रवार बढेर एक हजार नौ ८५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।