Logo

रमाजानको अवसरमा बिर्तामोडमा शुभकामना आदन-प्रदान कार्यक्रम सम्पन्न



झापा, १० चैत । मुस्लिम समुदायको पबित्र पर्व रमाजानको अवसरमा बिर्तामोडमा शुभकामना आदन-प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिकाको सहयोगमा मदरसा तालिमुल कुरान आधारभुत बिद्यालयद्वारा आयोजित शुभकामना आदान-प्रदान तथा इफ्तर कार्यक्रममा सहभागिले सबै जात धर्मले अध्ययन गर्ने समाबेसी रुपमा सन्चालित बिद्यालयको रुपमा यो बिद्यालयले सबैलाइ जोडेर धार्मिक सहिष्णुता र सामाजिक सदभावको अनुपम उदाहरण प्रस्तुत गरेको धारणा राखेका छन् ।

बिर्तामोड-३ मा अवस्थित उक्त विद्यालयमा धर्म तथा संस्कृतिको संरक्षण गर्दै उर्दु, अरेविकका साथै नेपाल सरकारले तोकेको पाठ्यक्रम अनुसारका सुस्तक सामेल गरी बालविकास कक्ष देलि कक्षा छ सम्म अध्ययन हुदै आएको छ ।

विद्यालय व्यबस्थान समितिका अध्यक्ष अफरोज खाँ पठानको अध्यक्षता एवं बिर्तामड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आथ्त्यिथामा आयोजीत कार्यक्रममा उपप्रमुख नगेन्द्र संग्रौला, एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराई, कंग्रेस नेता ओमकृष्ण विमली, माओबादी नेता सिपी कडरीया, राप्रपा बिर्तामोड नगर अध्यक्ष लक्ष्मी गौतम, समाजसेवी राजकुमार पोखरेल, सजेश शिवाकोटी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमका अवसरमा विद्यालयकी प्रधान अध्यापक अनजुम खातुुन सहित आधा दर्जन शिक्षिकालाई दोसल्ला आढाई सम्मान गरीएको थियो । कार्यक्रमको संचालन तेन्जिमा खातुनले गर्नुभएको थियो । बिद्यालयमा एक सय ५४ जना बिद्यार्थी अध्यनरत रहेको अमिर खाँ पठानले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्