काठमाडौं, ३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमै सरकार ढल्ने ठोकुवा गर्नुभएको छ ।
बिहीवार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको संविधान बारे छलफलमा बोल्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान संसदमा सरकार बनाउनको लागि एक वा दुई भन्दा बढी पार्टीहरु मिल्नुको विकल्प नभएको बताउनु भयो ।
उहाँले अहिलेको सरकार दुई तिहाईको भनिए पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा रिसाएको एक सेकेण्डमा ढल्ने अवस्था रहेको बताउनु भयो । उहाँले संविधानले व्यवस्था गरेको शासकीय स्वरुपमा नै अस्थिरता रहेको बताउनु भयो ।
सभापति लामिछानेले रास्वपाले शासकीय स्वरुपमा निर्वाचित प्रधानमन्त्री बनाएर विधायकी सांसद बनाउनुपर्ने बताएको उल्लेख गर्नुभयो । उहाँले प्रत्यक्ष प्रधानमन्त्रीले विज्ञताका आधारमा मन्त्रीमण्डल बनाउन पाउने शासकीय स्वरुप बनाउनु अहिलेको अवश्यकता भएको उल्लेख गर्नुभयो । उहाँले दुई तिहाईको सरकार भएको बेला जनताको आत्मबल बढ्नुपर्ने पनि त्यस्तो नदेखिएको बताउनु भयो ।
उहाँले दुई तिहाइको सरकारका प्रधानमन्त्री र मन्त्रीहरुमा आत्मविश्वास नदेखिएको बताउनु भयो । उहाँले सरकारको आत्मबल नहुँदा टिसर्ट लगाएको,बोलेकको आधारमा समाउने काम गरेर बसेको बताउनु भयो । उहाँले दुई तिहाईको सरकार उपसभामुखलाई हटाउने लगायतका चलखेलमा लाग्नु जाहेज नभएको बताउनु भयो ।
उहाँले दुई तिहाईको सरकारको कुनै प्राथमिकता नभएको बताउनु भयो । उहाँले वर्तमान सरकारले संविधान संशोधन गर्ने भन्ने नाममा आफ्नो राजनीतिक स्वार्थको सौदाबाजी गर्न खाजेको भन्दै संविधानलाई सौदाबाजी गर्नु राम्रो नभएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल