काठमाडौँ, २४ फागुन । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ केही समय स्थगित गरेको छ। पछिल्ला दिनहरुमा राजावादीहरु सक्रिय भएको भन्दै माओवादी केन्द्रले अभियान स्थगित गरेको बताइएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीकै अलोकप्रिय र लोकतन्त्रविरोधी कदमको कारण गणतन्त्रमाथि प्रहार हुन थालेको निष्कर्ष निकालेका छन्।
त्यस्तै माओवादी केन्द्रले राजावादीहरुको पछिल्लो गतिविधि बारे छलफल गर्न आइतबार पदाधिकारी बैठक समेत बोलाएका छन्। फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको माओवादीको जागरण अभियान आज रौतहट पुगेको थियो।
राजावादीहरुले आइतबार पूर्वराजा पोखराबाट काठमाडौं फर्किने कार्यक्रमलाई भव्य बनाउन र ठुलो जनउपस्थिति देखाउन तयारी गरिरहेका छन्।