Logo

राप्रपाले चैत्र २६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने



काठमाडौं, १२ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपत्यका केन्द्रीत आन्दोलनको घोषणा गरेको छ।

काठमाडौंमा मंगलबार बसेको राप्रपा आन्दोलन परिचालन मूल समितिले पार्टी पूर्णरुपमा आन्दोलनमा होमिने निर्णय गर्दै आन्दोलनका कार्यक्रम तय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिनुभयो।

बैठकले २६ गते काठमाडौंमा बागमती प्रदेशस्तरीय विरोधसभा सहितको प्रदर्शन गर्ने र वैशाख ७ गतेबाट राजधानी केन्द्रीत आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको उह्ँले बताउनुभयो।

बैठकले राजसंस्था, हिन्दुराष्ट्रको पक्ष र संघीयताको बिपक्षमा शान्तिपूर्ण रुपमा हुने जुनसुकै आन्दोलनलाई समर्थन गर्ने निर्णय गरेको लिङदेनले जानकारी दिनुभयो।

त्यस्तै आन्दोलनका लागि सहकार्य गर्न ढोका खुला गर्ने समेत बैठकले निर्णय गरेको उहाले बताउनुभयो। बैठकले कुलमान घिसिङलाई पदबाट हटाउने निर्णयप्रति विरोध प्रकट गर्ने निर्णय गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्