झापा, ३२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन अष्ट्रेलियाको सप्ताहव्यापी भ्रमणको लागि मेलबर्न प्रस्थान गर्नुभएको छ ।
राप्रपाको शुभेच्छुक संस्था प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको पाँचौँ अधिवेशनका लागि उहा गए राती मेलबर्न प्रस्थान गर्नुभएको हो । प्रवासी नेपाली एकता समाज भिक्टोरियाका अध्यक्ष सुन्दर कार्कीका अनुसार अगष्ट १७ मा ईस्टोनियन हलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । लिङ्देनले त्यहाँ रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नुहुनेछ ।
लिङ्देनको भ्रमण टोलीमा पार्टीका प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रिय सदस्य हिक्मतजंग कार्की सहभागी रहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
लिङ्देनसँगै राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्ति सिटौला पनि सहभागी हुनुहुनेछ । नेता सिटौला पारिवारीक भ्रमणको सिलसिलामा अष्ट्रेलियामै हुनुन्छ । मेलबर्नपछि एडिलेडमा एक कार्यक्रममा सहभागी भएर लिङ्देन सिड्नीमा आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुहुनेछ ।
अध्यक्ष लिङ्देनको स्वागत साथै कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको प्रबासी एकता समाज अस्ट्रेलियाका महासचिब दुर्गा उप्रेतीले जानकारी दिनुभयो ।
प्रवासी एकता समाजमध्ये अष्ट्रेलियाको संस्था राप्रपाको बलियो संस्था मानिन्छ ।
अध्यक्ष लिङ्देनले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष बुद्धिमान तामाङलाई दिनुभएको छ । उहा भदौ १० गते स्वदेश फर्कने कार्यक्रम छ।