Logo

राप्रपा अध्यक्ष लिङ्देन स्वदेश फिर्ता



काठमाडौँ, ११ भदौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन एक साता लामो अष्ट्रेलिया भ्रमण सकेर स्वदेश फर्किनु भएको छ । अध्यक्ष लिङ्देनलाई उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङसहितका नेताहरुले गए राती त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा स्वागत गरेका थिए ।

राप्रपाको शुभेच्छुक संस्था प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको पाँचौँ अधिवेशनका लागि अध्यक्ष लिङ्देन साउन ३२ गते मेलबर्न प्रस्थान गर्नुभएको थियो ।

अध्यक्ष लिङ्देनले त्यहाँ रहदा मेलबर्न, एडिलेड र सिड्नीमामा नेपाली समुदायसँग छुट्टा छुट्टै अन्तरक्रिया समेत गर्नुभएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

अध्यक्ष लिङ्देन अष्ट्रेलियाबाट दुईदिन अघि थाइल्यान्डको बैंकक आउनुभएको थियो ।अध्यक्ष लिङ्देनले बैङ्ककमा आयोजित प्रवासी नेपाली एकता समाज थाइल्याण्डको भेलालाई सम्बोधन गर्नुभएको थियो । भूषण श्रेष्ठको संयोजकत्वमा थाइल्यान्डमा राप्रपा निकट प्रवासी नेपाली एकता समाज गठन भएको छ ।

लिङ्देनको भ्रमण टोलीमा पार्टीका प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रिय सदस्य हिक्मतजंग कार्की सहभागी हुनुहुन्थ्यो । अष्ट्रेलियाको कर्यक्रममा लिङ्देनसँगै राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्ति सिटौला पनि सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्