झापा, १५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थाी संगठन बिर्तामोड नगरको अध्यक्षमा राजिब जंग सुवेदी चयन हुनुभएको छ । झापाको बिर्तामोडमा शनिबार सम्पन्न नगर अधिबेसनले राजिब जंग सुवेदीको अध्यक्ष्तामा २३ सदस्यीय समिती गठन गरेको छ ।
समितीको उपाध्यक्षमा रेहन प्रसाई र प्रमिसा मैनाली, सचिब आयुष कार्की, सह-सचिब स्मृती ढकाल, कोषाध्यक्षमा अंकिता ढकाल र सह-कोषाध्यक्षमा सुखदेब टुडु सर्बसम्मत चयन हुनु भएको छ । त्यस्तै सदस्यहरुमा प्रशान्त भण्डारी, शिव कार्की, एन्जल उप्रेती, निकेश थापा, प्रदिप अधिकारी, निश्चल खनाल, रोशन अधिकारी लगायत रहनु भएको छ ।
राप्रपा बिर्तामोड नगर अध्यक्ष रन्जु प्याकुरेल बरालको अध्यक्षता एवं राप्रपा जिल्ला अध्यक्ष केशव प्रसाद ओझाको प्रमुख आथित्यतामा आयोजीत कार्यक्रममा नगर उपाध्यक्ष नवराज भट्टराई, क्षेत्रीय अध्यक्ष शंकर रिजाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।