काठमाडौं, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले संसद बैठक बहिष्कार गरेका छन् ।
आजबाट सुरू भएको हिउँदे अधिवेशन अन्तर्गत बैठक सुरू हुने बित्तिकै रास्वपाका सांसदहरूले बोल्न समय माग्दै संसद अवरोध गरेका थिए ।
तर सभामुख देवराज घिमिरेले समय नदिएपछि रास्वपाका सांसदहरूले बैठक बिहिष्कार गर्दै बाहिरिएका हुन् । संसद बैठक चहिरहेको छ ।